वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'झलनाथ खनाल काठमाडौंमा- बैठक सिध्याएर दिल्ली फर्किने, एकतामा नजाने'

काठमाडौं । जेनजी आन्दोलनका क्रममा शरीरमा आगो लागेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका निम्ति डेढ महिनादेखि दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सोमबार बेलुकी काठमाडौं फर्किएका छन् ।

बुधवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिन खनाल काठमाडौं आएको र बैठकलगत्तै दिल्ली नै फर्किने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । ‘पार्टी एकतालगायतका विषयमा उहाँको अनुपस्थितिमा उहाँका बारेमा अफवाह फैलाइयो, त्यसैले पार्टीको बैठकमा आफ्ना कुरा राखेर उहाँ दिल्ली नै जानुहुन्छ’, भट्टराईले भने ।

पार्टीको बैठकका निम्ति आएको र आफूले राख्ने कुरा पार्टी बैठकबाहेक अन्य माध्यमबाट नराख्ने खनालको अडान छ । माओवादी केन्द्रसँग हुनै लागेको भनिएको एकताका बारेमा स्वकीय सचिव भट्टराईले त्यस्तो कुरा बताएका हुन् ।

नेकपा एसले बुधवारदेखि शुक्रवारसम्म सुकेधारास्थित मिराकल पार्टी भेन्युमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । उक्त बैठकमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपासहितका वामपन्थी घटकबीच गर्ने एकताबारे विमर्श गरिने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल समूहको अग्रसरतामा हुन लागेको भनिएको एकताको औचित्य र सान्दर्भिकतामाथि पार्टीका नेताहरूले प्रश्न उठाउँदै आएका छन् ।

सम्मानित नेता खनालले दिल्लीबाटै विज्ञप्ति जारी गरेर एकतामा नजाने अभिव्यक्ति दिइसकेका छन् । महासचिव घनश्याम भुसालले एकता ‘किन र केका लागि ?’ भन्ने प्रश्न उठाउँदै आफ्नो अनिच्छा व्यक्त गरिसकेका छन् । तर, ती दुईसहित सबै नेतालाई एकतामा जाने गरी ‘मिलाइएको’ भन्ने दाबी नेपाल पक्षले गर्दै आएको छ ।

खनालको स्वकीय सचिव भट्टराईका अनुसार अहिले पनि उनी माओवादी केन्द्रसहितका वामपन्थीबीच एकता गर्नुपर्छ भन्ने मान्यताको विपक्षमै छन् । ‘अरू एकता भनेर गएछन् भने पनि उहाँहरू नेकपा एस नै चलाएर बस्ने भन्नुभएको छ, त्यही कुरा औपचारिक रूपमा दर्ज गर्न बैठकका निम्ति आउनुभएको हो’, उनले भने ।

पत्नीको स्थिति सुधार

दिल्लीको अपोलो अस्पतालमा उपचारका निम्ति भर्ना भएकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको भट्टराईले बताए । ‘निकै राम्रो भइसक्यो, त्यही पनि अझै केही समय डाक्टरहरूकै निगरानीमा राख्नुपर्ने कारण उहाँ अस्पतालमै हुनुहुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ

मधेशको आन्दोलन जिल्लातिर विस्तार

मलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव

फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२

No data was found
यो पनि पढ्नुहोस

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ

मधेशको आन्दोलन जिल्लातिर विस्तार

मलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव

फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२

दार्चुलामा ३.५ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण छैन

ट्रेन्डिङ