जेनजी आन्दोलनमा प्रहरी जवान हत्या आरोपमा थप २ जना समातिए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ […]
झलनाथ खनाल काठमाडौंमा- बैठक सिध्याएर दिल्ली फर्किने, एकतामा नजाने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा शरीरमा आगो लागेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका निम्ति डेढ महिनादेखि दिल्लीमा रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सोमबार बेलुकी काठमाडौं फर्किएका छन् । बुधवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा भाग लिन खनाल काठमाडौं आएको र बैठकलगत्तै दिल्ली नै फर्किने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए […]
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

काठमाण्डौ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास […]